प्रचण्डले छाड्ने भए लाजिम्पाट निवास,शहिद परिवारको घरमा प्रचण्डको नयां डेरा

प्रचण्डले छाड्ने भए लाजिम्पाट निवास,शहिद परिवारको घरमा प्रचण्डको नयां डेरा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लाजिम्पाटको घर छोडेका छन् । उनले ललितपुरको खुमलटारमा नयां डेरा खोजेका छन् । माओवादी निकट व्यवसायी शारदा अधिकारीले नयां डेराको प्रवन्ध मिलाएका हुन् ।

 

 

प्रचण्ड बस्ने घरका घर धनी समेत उनै अधिकारी हुन । व्यवसायी अधिकारी माओवादीको शहिद परिवारका सदस्य समेत हुन । उनि लामो समयदेखी माओवादीको आन्दोलनलाई सहयोग गर्दै आएका व्यवसायी हुन ।

 

 

प्रचण्ड बस्ने नयां घरमा चिनिया व्यवसायीहरु भाडामा बस्दै आएका थिए । पुर्व प्रधानमन्त्री समेत रहेका प्रचण्ड उक्त घरमा वस्ने भएपछि उनीहरु त्यहाबाट अन्त सरेका छन् ।

 

 

प्रचण्ड अबको केही दिनमै चक्रपथबाहिर ललितपुरको खुमलटार सर्ने भएका हुन् । प्रचण्ड निकट उच्च स्रोतले दिएको जानकारी अनुसार छोरा प्रकाशको निधनपछि पत्नि सीताले उक्त घर छाड्न भन्दै आएकी थिइन् ।

 

 

हाल लाजिम्पाट रहेको प्रचण्ड निवास किनेको भन्दै उनको चर्को आलोचना भएपनि उक्त घर भाडाकै भएको पुष्टि भएको छ । प्रचण्डले उक्त घर किनेको भन्दै विपक्षीहरुले उनको चर्को आलोचना समेत गरेका थिए ।

 

 

प्रचण्ड परिवारले भने उक्त घर भाडामा भएको दाबी गर्दै आएको थियो । त्यही घरका कारण समेत विपक्षीहरुले उनिमाथी आक्रमण गर्दै आएका थिए ।

 

लाजिम्पाट अघि नयां बजार बसेका प्रचण्डलाई तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सुरक्षाका कारण सर्न आग्रह गरेपछि उनले उक्त निवास छोडेका थिए ।