काठमाडौं – ११ वर्षिय बालक निशान खड्काको अपहरण गरी हत्या गर्ने दुई अपहरणकारी प्रहरी इन्काउन्टरमा मारिएका छन्। दोहोरो फायरिङमा उनीहरुको मृत्यु भएको हो ।
अपहरणकारीले बालकलाई लामो समयसम्म मुखमा टेप टाँसेर राखेका कारण निसास्सिए उनको मृत्यु भएको अनुमान गरीएको छ । अपहरणकारीले बालकको घाँटी थिचेर हत्या गरेकोे प्रहरीले दावी गरेको छ ।
भक्तपुरको सूर्यविनायकमा अपहरणकारी अजय तामाङ र गोपाल तामाङ मारिएका हुन्। दोहोरो फायरिङमा उनीहरुको मृत्यु भएको अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले बताए।
अपहरणकारीले खड्काको परिवारसँग ३० लाख रूपैयाँ फिरौती मागेको महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले बताए । प्रहरीले घटनास्थलबाट एउटा पेस्तोल त्यसमा लाग्ने गोली र बालकको परिवारलाई धम्क्याउन प्रयोग भएको मोबाइल समेत बरामद गरेको छ ।
प्रतिक्रिया