४ सय ग्राम सुनसहित एकजना विमानस्थलबाट पक्राउ

४ सय ग्राम सुनसहित एकजना विमानस्थलबाट पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – विमानस्थलमा अवैधरुपमा तस्करी गरेर ल्याएको ४ सय ५७ ग्राम सुनसहित एकजनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले सुनसरीका २८ वर्षीय फैजाद आलमलाई सोमबार पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो।

परिसरका प्रवक्ता मोहनकुमार थापाले विमानस्थलको मूल ढोका अगाडि शंकास्पद रुपमा हिँडिरहेका अवस्थामा पक्राउ गरिएको जानकारी दिए। प्रहरीले आलमसँग सुनका सात थान चुरा र पाँच थान बेरुवा अौँठी बरामद गरेको थापाले बताए ।

बरामद सुनको बजार मूल्य २१ लाख ९४ हजार ५७ रहेको छ ।अभियुक्त आलमलाई आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।