नबिल बैंकले साढे ११ प्रतिशतमा ऋण दिने

नबिल बैंकले साढे ११ प्रतिशतमा ऋण दिने


काठमाडौं– नबिल बैंक लिमिटेडले सर्वसाधारण तथा व्यवसायीलाई साढे ११ प्रतिशतमा ऋण दिने भएको छ । बैंकले अहिले सर्वसाधारणलाई मुद्दति निक्षेपमा साढे १० प्रतिशत ब्याज दिँदै आएको छ ।

बैंक तथा वित्तीय क्षेत्रले ऋणमा ब्याज बढाइरहेका बेला नबिलले तुलनात्मकरूपमा ब्याज कम गरेको हो । अहिले ऋणको ब्याज करिब १५ देखि १६ प्रतिशतसम्म छ । प्रक्रिया सुरु गरेको ५ दिनमै ऋण दिन सकिने पनि बैंकले जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैंकपछिको यो सस्तो ऋण हो । बैंकले ल्याएको ‘नबिल एसएमई फास्ट ट्रयाक लोन’ योजनाअन्र्तगत एक वर्षसम्म ब्याज नबढ्ने, सरल प्रक्रिया, न्यूनतम ५ लाखदेखि ३ करोड रुपैयाँसम्म ऋण पाइनेछ ।