आगामी वर्ष आयात २० प्रतिशत घटाइने

आगामी वर्ष आयात २० प्रतिशत घटाइने


काठमाण्डु – सरकारले आगामी आर्थिक वर्ष नेपालको आयात २० प्रतिशतले घटाउने लक्ष्य लिएको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षमा नेपालको व्यापारघाटा घटाउने रणनीति लिने बताएका हुन् ।

उनले आगामी वर्ष धान, मकै, गहुँ र फलफूलको आयात ३० प्रतिशतले घटाउने बताए । त्यसैगरी शर्माले समग्र आयात २० प्रतिशतले घटाउने घोषणा गरेका छन् ।

त्यस्तै उनले संघ, प्रदेश र स्थानीय तहमा कृषि उत्पादन कार्यक्रम लागु गर्न १० अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए । साथै उनले कृषि उत्पादनको समर्थन मूल्य तोकिने पनि जानकारी दिए ।