काठमाडौं पोस्ट्काे प्रधान सम्पादकमा अनुप काफ्ले

काठमाडौं पोस्ट्काे प्रधान सम्पादकमा अनुप काफ्ले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं– कान्तिपुर पब्लिकेसननकाे द काठमाडौं पोस्ट् अंग्रेजी दैनिकको प्रधान सम्पादकमा अनुप काफ्ले नियुक्त भएका छन्। थापाथलीस्थित कान्तिपुर कार्यालयमा नव नियुक्त प्रधान सम्पादक काफ्लेले मंगलबार पदभार ग्रहण गरेका हुन्।

काेलम्बिया विश्वविद्यालयमा अनलाइन मिडियाकाे अध्ययन गरेका काफ्लेलार्इ कान्तिपुर टेलिभिजन र रेडियो कान्तिपुरको डिजिटल रुपान्तरण प्रमुखको जिम्मेवारी पनि दिइएको छ।

सन् २००३ मा अध्ययनका लागि अमेरिका गएका काफ्लेसँग मूलधारका अमेरिकी मूलधारमा काम गरेकाे अनुभव छ। अमेरिकी म्यागेजिन एन्टलान्टिकमा डिजिटल सामग्री उत्पादकको रुपमा काम गरेका उनी सन् २०११ देखि २०१५ सम्म विदेश मामिला सम्पादक (डिजिटल) को भूमिकामा द वासिङ्टन पोष्टमा गएका थिए।

असार २७ मा काठमाडौं पाेस्ट्का तत्कालीन प्रधान सम्पादक अखिलेश उपाध्यायले पदबाट राजीनामा दिएका थिए