व्यवसायी कर्ण शाक्यले फेवाताल मिचेरै रिसोट सञ्चालन गरेको पुष्टि

व्यवसायी कर्ण शाक्यले फेवाताल मिचेरै रिसोट सञ्चालन गरेको पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – पोखराका पर्यटन व्यवसायी कर्ण शाक्यले फेवाताल किनारमा बनाएको पार्क भिलेज वाटर फ्रन्ट रिसोर्टका अधिकांश संरचना फेवाताल अतिक्रमण गरेर बनाएको छानविन समितिले पाइएको छ।

सरकारले गठन गरेको छानविन समितिले शाक्यको होटलका अधिकांश संरचना फेतावालको ६५ मिटर क्षेत्रभित्रै बनेको निष्कर्ष निकालेको हो। पानी शुद्धीकरण गर्ने ट्यांक, स्वीमिङ पुल, शौचालय, ट्रस, बगौंचा, मुल गेट र पालेघर लगायतका संरचना तालको किनारामा बनेका छन्।

सर्वोच्चको आदेशअनुसार प्रमुख नापी अधिकृत नारायण रेग्मीको संयोजकत्वमा गठन भएको छानविन समितिका अनुसार होटलका दुईवटा भवन मात्रै फेवाताल बाहिर छन्। बाँकी सबै संरचना फेवाताल अतिक्रमण गरेर बनाइएकोे पाइएको छ।

समितिले ०३२ सालमा जग्गा नाप जाँच ऐन २०१९ बमोजिम तयार भएको नाप नक्सालाई आधार बनाएको थियो। यसक्रममा १५ मंसिर ०३० को पोखरा नगर विकास योजनामा फेवालगायतका ९ वटा तालको पानीको भाग, सिमसार क्षेत्र र जंगल छुट्याइएको थियो। त्यो योजनामा फेवातालको ६५ मिटर २०० फिट भित्रमा कुनै पनि संरचना बनाउन रोक लगाइएको छ।

गत वैशाख २१ गते सर्वोच्च अदालतले सो रिसोर्टका भवनहरु फेवालात किनारभित्र पर्ने वा नपर्ने जाँचबुझ गरी दुई महिनाभित्र प्रतिवेदन पेश गर्न आदेश जारी गरेको थियो। यस विषायमा अब ३१ साउनबाट बहस सुरु हुनेछ।