माओवादीबाट राष्ट्रपति बादल बन्ने,सभामुखमा महरासहित एक दर्जन नेता दौडमा

माओवादीबाट राष्ट्रपति बादल बन्ने,सभामुखमा महरासहित एक दर्जन नेता दौडमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रको तर्फबाट वरिष्ठ नेता  रामबहादुर थापा ‘बादल’ राष्ट्रपति बन्ने सम्भावना बढेको छ । माओवादी केन्द्रले थापालाई नै राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी गरेको छ । माओवादीको शिर्ष नेताहरुमध्ये बादल कहिबाट उम्मेदवार थिएनन् । उनको समानुपातिकमा समेत नाम छैन् ।

 

 

 

बादलसहित हालका उपराष्ट्रपति नन्दबहादुर पुनले पनि राष्ट्रपति हुने ईच्छा देखाएका छन् ।

 

 

माओवादी केन्द्र र एमालेबीच प्रधानमन्त्री र राष्ट्रपति बाड्ने सहमती बनेको स्रोतको दाबी छ । एमालेबाट अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने करिब पक्का भएपछि माओवादीबाट थापाको राष्ट्रपति बन्ने निश्चितजस्तै भएको हो ।

 

दुई पार्टीका अध्यक्षबीच राष्ट्रपति र सभामुख माओवादीलाई दिने र प्रधानमन्त्री एमालेले लिने लगभग सहमती भइसकेको छ । माओवादीमा सभामुखका लागी कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, अग्नि सापकोटा, हरिबोल गजुरेल र निवर्तमान सभामुख ओनसरी घर्तीमगर लगायतले दाबी गरीरहेका छन्  ।

 

 

एमालेबाट वर्तमान राष्ट्रपति विद्या भण्डारी र नेता झलनाथ खनालले राष्ट्रपतिमा दावी गरिरहेका छन् ।