इस्लामाबाद – पाकिस्तानमा एउटा बस दुर्घटना हुँदा कम्तीमा २२ यात्रुको मृत्यु भएको छ । दक्षिणपश्चिम पाकिस्तानको दुर्गम स्थानमा सडकबाट खाल्डोमा खस्दा महिला र बालबालिकासहित २२ यात्रुको मृत्यु भएको हो ।
बलुचिस्तान प्रान्तको किल्ला सैफुल्लाह जिल्लामा सो दुर्घटना भएको हो । सहायक जिल्ला प्रशासक मोहमद क्वासिमका अनुसार दुर्घटनामा सबै जनाको मृत्यु भएको छ । तीब्र गतिका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।
दुर्घटनाको समयमा मौसम खराब रहेको प्राप्त विवरणहरूमा जनाइएको छ । प्रत्यक्षदर्शीहरूका अनुसार तीब्र गतिका कारण बस अनियन्त्रित भएर पहाडको खोंचमा खसेको थियो ।
दुर्घटनाप्रति पाकिस्तानका राष्ट्रपति अरिफ अल्भीले दुःख व्यक्त गरेका छन् । पुराना सडक, कमजोर संरचनालगायतका कारण पाकिस्तानमा बारम्बार सडक दुर्घटना हुने गरेका छन् ।
प्रतिक्रिया