एक दशकमा ५ सय ६ जनाको सफल मिर्गौला प्रत्यारोपण

एक दशकमा ५ सय ६ जनाको सफल मिर्गौला प्रत्यारोपण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ -चिकित्साशास्त्र अध्ययन संस्थान शिक्षण अस्पताल महाराजगञ्जले दश वर्षमा ५ सय ६ जनामा सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको छ ।
प्रत्यारोपण भएकामध्ये ८५ प्रतिशत पुरुष र १५ प्रतिशत महिला छन् । यसैगरी प्रत्यारोपणको दशौँ वार्षिकोत्सवका अवसरमा १५ वर्षमुनिका वालबालिकाको सङ्ख्या आठ रहेको जानकारी दिइयो ।
वार्षिकोत्सवका क्रममा उपप्रधान र स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले अस्पताललाई मृगौला प्रत्यारोपणका लागि आवश्यक पर्ने आर्थिक एवं उपकरण सहयोग गर्ने प्रतिबद्धता जनाए ।

हप्तामा दुईवटा प्रत्यारोपण कार्य सुरु गरेको अस्पतालले यसलाई निरन्तरता दिँदै आएको छ । प्रत्यारोपणका क्रममा १७ जनाको मृत्यु भएको छ । आर्थिक अभावका कारण प्रत्यारोपणका लागि आवश्यक परीक्षण गर्ने प्रयोगशाला एचएलए स्थापना गर्न नसक्दा भारतमा पठाउनुपर्ने बाध्यता रहेको अस्पतालले जनाएको छ ।
सो अवसरमा पहिलोपटक मिर्गौला प्रत्यारोपणमा महत्वपूर्ण योगदान पु¥याएका चिकित्सक तथा नर्सलाई सम्मान गरियो । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा तीर्थराज खनियाँले आगामी दिनमा चिकित्सा अध्ययन संस्थानको क्षमता बढाउन सहयोग थप्दै जाने बताए ।
मिर्गौैला रोग विशेषज्ञ प्रा डा. शाहले अध्ययन संस्थानले मिर्गौला प्रत्यारोपण गरी नयाँ युगको शुरुआत गरेको भन्दै आगामी दिनमा यसको क्षमता बढाउन आवश्यक रहेकोबताए ।
सम्मानित प्रा डा. फ्रान्सिसले पहिलो प्रत्यारोपण कार्य अन्तर्राष्ट्रिय मापदण्डभन्दा उच्च रहेको स्मरण गराए । अर्का मिर्गौला रोग विशेषज्ञ प्रा डा. उत्तमकुमार शर्माले मिर्गौला प्रत्यारोपणका लागि छुट्टै केन्द्र स्थापना गर्न माग समेत गरे ।