पुनर्निर्माण आश लाग्दोतिर

पुनर्निर्माण आश लाग्दोतिर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– भूकम्पपछिको पुनर्निर्माणमा आर्थिक वर्ष २०७४÷७५ मा भएका प्रगतिको समीक्षा भएको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव अर्जुनकुमार कार्कीको अध्यक्षतामा सम्पन्न समीक्षा गोष्ठीले यो आर्थिक वर्ष पुनर्निर्माणमा आशालाग्दो भएको निश्कर्ष निकालेको छ।

प्राधिकरण सभाहलमा आयोजित समीक्षा गोष्ठीमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता एवं सहसचिव कृष्णप्रसाद दवाडीले समग्र क्षेत्रको पुनर्निर्माणमा भएको प्रगतिवारे संक्षेपमा प्रस्तुती राखे।

प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) का आयोजना निर्देशक गणेश राज वस्ती, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का आयोजना निर्देशक तपेन्द्र बहादुर खड्का, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) का आयोजना निर्देशक इमनारायण श्रेष्ठले आ–आफ्नो इकाईको प्रगति तथा आगामी योजनाबारे जानकारी दिए।

त्यसैगरी, वन तथा वातावरण मन्त्रालय, पुरातत्व विभाग, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान आयोग, सिंचाई तथा जलस्रोत विभागका प्रतिनिधिहरुले पनि आ–आफ्नो जिम्मेवारीमा आएका पुनर्निर्माण कार्यका प्रगति, त्यसक्रममा देखिएका चुनौती र आगामी योजनाबारे प्रतिवेदन गरेका थिए ।

समीक्षा गोष्ठीमा आफ्नो मन्तव्य राख्दै पुनर्निर्माण प्राधिकरणका सचिव कार्कीले आर्थिक वर्ष २०७४÷७५ पुनर्निर्माणका लागि आशालाग्दो र आर्थिक वर्ष २०७५÷७६ विश्वासयोग्य भएको बताए।

उनले यस आर्थिक वर्षमा निजी आवास निर्माणको कार्य सम्पन्न गर्नुपर्ने सरकारद्वारा निर्धारित लक्ष्य भेट्टाउन पर्याप्त मेहनत गर्न पनि सबैलाई आग्रह गरे।
सचिव कार्कीले पुनर्निर्माणलाई प्रभावकारी ढंगले अगाडि बढाउन र जनताको सुविधालाई प्राथमिकतामा राख्न स्थानीय सरकारलाई बढी जिम्मेवारी र सहभागी गराइनुपर्ने आफ्नो धारणा रहेको उल्लेख गरे।

प्राधिकरण कार्यकारी समिति सदस्य धु्रव प्रसाद शर्माले गत वर्षजस्तै यस वर्ष पनि समयसीमा निर्धारण गरेर अघि बढ्नुपर्ने र सहरी क्षेत्रको पुनर्निर्माणलाई अघि बढाउन बहुतल्ले स्वामित्वको अवधारणालाई अवलम्बन गर्नु पर्ने धारणा राखे।