उद्योगमन्त्री यादवले यसरी झपारे विमानस्थलका स्टेशन म्यानेजर र जिएमलाई

उद्योगमन्त्री यादवले यसरी झपारे विमानस्थलका स्टेशन म्यानेजर र जिएमलाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवमाथि अवहेलना भएको छ।

सीमराबाट काठमाडौं अाउने क्रममा बुधबार दिउँसो उनीमाथि बुद्ध एयरका कर्मचारीले अवहेलना गरेका हुन्। विमान ल्याण्ड भएपछि उनलाई लिन गएको गाडी यतिसम्म फोहोर थियो कि सिट पनि बस्न लायक थिएन।

आफूलाई लिन पठाएकाे गाडी रहेकाे पाएपछि मन्त्री यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिपीआईपी कक्षमा बुधबार अपराह्न २ बजेर ४५ मिनेटमा स्टेशन म्यानेजर दीलिप खड्का र जिएम राजकुमार क्षत्रीलाई सम्झाएका थिए।

उनी सवा ३ बजे विमानस्थलबाट मन्त्रालय हिँडेका थिए। मन्त्री यादव विरगञ्जबाट काठमाडौं फर्किएका हुन्।