भीम रावलको खुलासा : ओली प्रधानमन्त्री र प्रचण्ड अध्यक्ष

भीम रावलको खुलासा : ओली प्रधानमन्त्री र प्रचण्ड अध्यक्ष


काठमाडौं– एमाले उपाध्यक्ष भीम रावलले एमाले र माओवादी केन्द्रवीच एकता र सरकार गठनबारे आन्तरिक छलफल सुरु भैरहेकोले सहमतिमै सबै कुरा टुुगो लगाउने विश्वास दिलाएका छन्।

 

 

 

‘दुवै पार्टीका नेताहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई एउटालाई प्रधानमन्त्री र अर्कोलाई अध्यक्ष बनाएर पार्टी एकता हुन्छ,’ उनले भने।

 

 

राजधानीमा आयोजित एक कार्यक्रममा उपाध्यक्ष रावलले पार्टी एकता र सरकार गठनबारे दुबै पार्टीका शीर्ष नेताहरु बसेर छलफल अघि बढाइसकेको सुनाए।

 

 

 

‘हामी अहिले दुई वटा पार्टीहरुलाई एउटै बनाउने भनेर एकता प्रक्रिया सुरु गरिसकेका छौं, अबको प्रधानमन्त्री केपी शर्मा ओली बन्ने संभावना बढि छ, हामी बैठकहरु बसिरहेका छौं, संयोजन समिति निर्माण गर्ने प्रक्रियामा छौं, एकता गर्दा हामी केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहका पार्टी कमिटिलाई समायोजन गरेर जान्छौं,’ उनले भने।

 

 

 

 

उनले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवै नेताहरुलाई आपसी मेलका आधारमा अध्यक्ष र प्रधानमन्त्रीको भूमिका उचित किसिमबाट दिएर सन्तुलनमा राखेर अघि बढ्ने विश्वास दिलाए।

 

 

 

उनले थपे,‘अहिले प्रधानमन्त्रीमा जसको नाम आएको छ, उहाँलाई बधाई तथा शुभकामना दिऔं, दुवै नेताहरुलाई सन्तुलनमा राखेर हामी अघि बढ्छौं।’

 

 

 

उपाध्यक्ष रावलले सरकार निर्माणका प्रक्रियापनि दुवै पार्टीका शीर्ष नेताहरु एक ठाउँमा बसेर तय गर्ने सुनाए।