ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डुबीच मर्जर सम्झौता

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डुबीच मर्जर सम्झौता


काठमाण्डु – ग्लोबल आइएमई बैंक बैंक अफ काठमाण्डुबीच मर्जर सम्झौता भएको छ । बिहीबार होटल याक एण्ड यतिमा आयोजित एक कार्यक्रममा दुई बैंकबीच मर्जर सम्झौतामा हस्ताक्षर भएको हो ।

मर्जर सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डुका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन् । मर्जर पश्चात् बन्ने नयाँ बैंकको नाम ग्लोबल आइएमई बिओके लिमिटेड हुने ग्लोबल आइएमई बैंकले जनाएको छ ।

साथै सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डुको तर्फबाट २ जना रहने सहमति भएको छ ।