शसस्त्र मुख्यालयमा मध्यराती भयो आगलागी, लेखासंग सम्बन्धी सबै पुराना फाइल जलेर नष्ट

शसस्त्र मुख्यालयमा मध्यराती भयो आगलागी, लेखासंग सम्बन्धी सबै पुराना फाइल जलेर नष्ट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– शसस्त्र प्रहरीको मुख्यालयमा मध्यराती आगलागी भएको छ । शसस्त्र स्रोतकाअनुसार दिन रात सुरक्षा व्यवस्था कडा हुने स्टोरमा आगलागी हुनुलाई रहस्यीमय तरिकाले हेरिएको छ । मध्यराती १ बजेर ३५ मिनेटमा शसस्त्रको केन्द्रिय लेखाको स्टोरमा आगलागी भएको हो ।

 

आगलागीबाट लेखासम्बन्धी सबै पुराना र नयां फाइलहरु जलेर नष्ट भएका छन् । शसस्त्र प्रहरीका प्रवक्ता डिआईजी बावुराम पाण्डेले सोमबार मध्यराती केन्द्रीय लेखाको स्टोरमा आगलागी भएको पुष्टी गरे । आगलागीका कारण लेखासंग सम्बन्धीत पुराना फाइलहरु सबै जलेर नष्ट भएको पाण्डेले जानकारी दिए ।

 

 

उनकाअनुसार दमकलको सहयोगमा राती २ बजेर ३० मिनेटमा आगलागी नियन्त्रणमा आएको थियो । घटनास्थलमा राती नै प्रहरी पुगेको डिआईजी पाण्डेले बताए ।

 

 

स्टोरमा रहेको दैनिक प्रयोग हुने सामाग्री समेत जलेर नष्ट भएको छ । लेखाको स्टोरमा ग्यांस सिलिण्डर र एउटा रेफ्रिजेटर रहेको थियो । आगलागी कसरी भयो भन्ने बारेमा भने अनुसन्धान भइरहेको शसस्त्र प्रहरीले जनाएको छ ।

 

शसस्त्रका पुर्व प्रहरी महानिरीक्षकहरु सनत वस्नेत,कोषराज र वासुदेव वली भ्रष्टाचारको आरोपमा मुद्दा खेपिरहेका बेला पुरानो कागजात नै नष्ट हुनेगरी आगलागी हुनुलाई भने रहस्यमय तरिकाले हेरिएको छ । उनिहरुमाथी शसस्त्रको सरकारी बजेट दुरुपयोग गरेको आरोप थियो ।