काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भारत र चीन भ्रमणको मिति तय भएको छ । अध्यक्ष दाहाल आगामी भदौ २२ देखि २७ सम्म भारत तथा असोज १ देखि साताव्यापी चीन भ्रमणमा जान लागेका हुन् ।
करिब एक साताकाे फरकमा दुवै देशका लागि भ्रमणकाे मिति तय भएको अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । पार्टी एकीकरणपछि उनी पहिलो पटक दुई छिमेकी देशको भ्रमणमा जान लागेका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले द्विपक्षीय हित तथा नेपाल–भारत–चीनबीच त्रिदेशीय साझेदारीका विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका उच्च नेतृत्वसँग भेट गर्ने कार्यक्रम रहेकाे सापकोटाले बताए । त्यस्तै, चीन भ्रमणका क्रममा पनि प्रचण्डले उच्चस्तरीय भेटवार्ता गर्ने तय भएको छ ।
प्रतिक्रिया