नेकपाका सांसदले किन मागे प्रधानमन्त्रीसँग अर्थमन्त्रीको राजीनामा ?

नेकपाका सांसदले किन मागे प्रधानमन्त्रीसँग अर्थमन्त्रीको राजीनामा ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता नेतृत्वकर्ता दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै सांसदले अर्थमन्त्री युवराज खतिवडाको राजीनामा माग गरेका छन्।

दाङबाट निर्वाचित सांसद मेटमणि चौधरीले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष अर्थमन्त्रीको राजीनामा माग गरेका हुन्। कांग्रेस नेतृत्वको अघिल्लो सरकारले मुलुकको अर्थतन्त्र धराशायी बनाएकाले यस वर्षको बजेटमा वृद्ध भत्तालगायतका सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न नसकिएको सांसदहरलाई प्रष्टाएका थिए।

प्रदेश ५ का सांसदहरुले प्रधानमन्त्रीओलीसँग शुुक्रबार गरेको छलफलमा उनले राजीनामा माग गरेका हुन्। सरकारले गत जेठमा जारी गरेको बजेटबाट जनताको माग सम्बोधन हुन नसक्ने उल्लेख गर्दै उनले भने,‘सकिन्छ भने बजेट करेक्सन गरौं, होइन भने अर्थमन्त्री नै चेञ्ज गरेर जानुपर्छ।’

तर,प्रधानमन्त्री ओलीले नेकपाको सरकार बन्दा देश ठूलो आर्थिक संकटमा रहेकाले बाध्य भएर अहिलेको जस्तो बजेट ल्याउनुपरेको बताए।

छलफलमा सांसदहरु नन्दलाल रोकाया, खिमलाल भट्टराई, पूर्णा सुवेदी, हिराचन्द्र केसी, सोमप्रसाद पाण्डे, तुलसा थापालगायत रहेका थिए।