विरगंजको ग्यास उद्योगमा भिषण आगलागी, दुईको मृत्यु एक दर्जन घाईते

विरगंजको ग्यास उद्योगमा भिषण आगलागी, दुईको मृत्यु एक दर्जन घाईते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– वीरगञ्जस्थित सुपर ग्यासको प्लान्टमा आगलागी भएको छ  । विरगंज महानगरपालिका २२ मा रहेको सुपर ग्यासको प्लान्टमा बुधबार बिहान आगलागी हुदा २ जनाको मृत्यु हुनुको साथै ६ कामदार घाइते भएको प्रहरीले जनाएको छ ।

 

घटनास्थलमा नेपाली सेना,शसस्त्र र नेपाल प्रहरीको टोली पुगेको छ । आगो निभाउन पुगेको वारुण यन्त्र समेत जलेको छ ।

 

 

त्यसका चालक घाईते भएका छन् भने हवलदार मधुसुदन मिश्र र फायरम्यान यादवप्रसाद अधिकारी सम्र्पकविहिन भएका छन् । घाईतेहरुलाई उपचारका लागि गण्डक अस्पताल लगिएको छ।

 

आगो नियन्त्रणको प्रयास जारी छ। आगलागीको कारण भने खुल्न सकेको छैन् ।