सहायकरथीहरु भण्डारी र भट्ट उपरथीमा बढुवा सिफारीस

सहायकरथीहरु भण्डारी र भट्ट उपरथीमा बढुवा सिफारीस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनामा दुई जना सहायकरथी मेजर जनरल (उपरथी) पदमा बढुवा सिफारीस भएका छन् । कामु प्रधानसेनापति पूर्णचन्द्र थापाले सहायकरथीहरु रघु भण्डारी र नरेश चन्द्र भट्टलाई उपरथी बढुवाका लागी सिफारीस गरेका हुन ।

सहायकरथी भण्डारी हाल क.का.यो. निर्देशनालयमा र भट्ट रणनीतिक तथा दीर्घकालिन योजना निर्देशनालयमा कार्यरत छन् ।

दुई रिक्त उपरथी पदमा बढुवाका लागी सिफारीस भएका भट्ट र भण्डारीको कामु प्रधानसेनापति थापाले साउन २५ मा सदर गरेपछि १५ दिने सुचना समेत प्रकाशित गरिएको छ । भट्टले अमेरिकाबाट नेशनल डिफेन्स कोर्स (एनडिसी) गरेका छन् भने भण्डारीले चीनबाट एनडिसी गरेका हुन ।