अभिव्यक्ति स्वतन्त्रताको नाममा पार्टीभित्र अराजकता बढदै गएको लेखराज भट्टको दावी

अभिव्यक्ति स्वतन्त्रताको नाममा पार्टीभित्र अराजकता बढदै गएको लेखराज भट्टको दावी


धनगढी – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिब लेखराज भट्टले अभिव्यक्ति स्वतन्त्रताको नाम पार्टीभित्र अराजकता गर्न नहुने बताएका छन् । भट्टले नेतृत्वलाई गाली गरेर पार्टीमा स्थापित नहुने बरु बिस्थापित हुने धारणा राखे ।

प्रेस चौतारीले धनगढीमा आयोजना गरेको जनताको बहुदलीय जनबाद र अभिव्यक्ति स्वतन्त्रता बिषयक कार्यक्रमलाई सम्बोधन गर्दै सचिब भट्टले पार्टी भित्र अराजकता बढदै गएको दावी समेत गरे ।

उनले भने ‘पार्टीका बारेमा बिचार राख्ने थलो पार्टीका कमिटी हो । तर,सामाजिक सन्जालमा जथाभावी गर्ने काम भइरहेको छ । यो प्रवृति राम्रो होईन ।’
उनले जबजको प्रयोग सही र सृजनशिल तरिकाले हुनुपर्ने बताएका छन । भट्टले जबजलाई पार्टी एकताबाट आएकाले पनि स्विकार गरिसकेको बताए ।

‘जबजलाई पार्टी एकताबाट आएका हामीहरुले पनि आत्मसाथ गरेका छौं । पहिले देखी रहेकाहरुले पनि जबजलाई मुल सिद्दान्तको रुपमा ब्याख्या गर्नुभएको छ । तर जबजलाई नितीको रुपमा कती बुझेका छन, सिद्धान्तको रुपमा कती बुझेका छन त्यो बुझ्नु महत्वपूर्ण कुरा हो,’ भट्टले भने,’ जबजको महत्वपुर्ण पक्ष राजनितिक हो तर पनि जबजको बहुआयामिक महत्व रहेको छ ।’

भट्टले जबजका मुख्य बिचारक मदन भण्डारीले पार्टी अनुशासन पनि महत्वपुर्ण ठानेको भन्दै अहिले त्यो पार्टी भित्र छ त भन्दै प्रश्न समेत गरेका छन् ।