किर्ते प्रकरणको अनुसन्धान सुरु भएपछि सांसद सिलवालको आयो यस्तो धारणा

किर्ते प्रकरणको अनुसन्धान सुरु भएपछि सांसद सिलवालको आयो यस्तो धारणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुर क्षेत्र नम्वर १ का सांसद नवराज सिलवालले सर्वोच्च अदालतले गरेको फैसलामा आफुलाई कार्वाही गर्न नभनेको दावी गरेका छन्  ।

 

सर्वोच्चको फैसलाअनुसार सिलवालमाथी कार्वाही प्रक्रिया सुरु भएको समाचार प्रकाशित भइरहेको बेला सिलवालको यस्तो धारणा आएको हो । सिलवालले कार्यसम्पादन फाइलको किर्ते तत्कालिन प्रहरी प्रमुख उपेन्द्रकान्त अर्याल र उनका सहयोगीले गरेको आरोप लगाउदै आएका छन् ।  

 

 

‘किर्ते प्रकरणमा संलग्नहरुलाई कार्वाही गर्नु भन्ने अदालतको फैसलाको म स्वागत गर्छु, मलाई जानकारी भएसम्म त्यसमा मलाई कार्वाही गर्नु भन्ने छैन्,त्यसैले अहिले आएका हल्लाहरु सबै गलत हुन ।’ सिलवालले काठमाडौंपाटीसंग भने ।