नेकपा अध्यक्ष प्रचण्ड चितवनमा डुंगामा सरर !

नेकपा अध्यक्ष प्रचण्ड चितवनमा डुंगामा सरर !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आजभोली प्रत्येक हप्ता गृहजिल्ला चितवन जाने गरेका छन् । प्रचण्ड काठमाडौंमा हुंदा समेत चितवनका नेता कार्यकर्तासंगको भेटाभाटमै व्यस्त देखिन्छन् ।

यतिवेला प्रचण्ड राजनीतिक भेटघाट र पर्यटन प्रवद्धनका लागि चितवनका विभिन्न क्षेत्रको भ्रमणमा छन् । पछिल्लो समय प्रचण्ड राजनीतिक तनाव छल्न गृहजिल्ला जाने गरेका छन् ।

शनिवार चितवन गएका प्रचण्ड पर्यटन प्रर्वद्धनका लागि अवलोकन गर्न भन्दै सपरिवार भरतपुर महानगरपालिकाको मेघौली गोलाघाट पुगेका थिए ।

लाइफ ज्याकेट लगाएर प्रचण्डले रयाफ्टिङ गरेका थिए । पत्नी सीतासहित चितवन पुगेका प्रचण्ड छोरी रेणु दाहाल र भाइ नारायण दाहाल सहित र्याफ्टिङ गर्न पुगेका थिए ।