काठमाण्डु- सेयर बजार नेप्से परिसूचक ५७ अंकले उकालो लागेको छ । आज नेप्से ५७ अंकले उकालो लागेर २ हजार ८६ अंकमा पुगेर रोकिएको हो ।
आज २ अर्ब ४८ करोड रुपैयाँ बराबरको ६२ लाख २७ हजार कित्ता सेयर किनबेच भएको छ । परिसूचकमा उच्च अंकको वृद्धि आउँदा ६ वटा कम्पनीको मूल्य १० प्रतिशतले उकालो लागेको छ ।
आज साल्ट ट्रेडिङ कर्पोरेशन, हिमालयन पावर पार्टनर, माथिल्लो तामाकोसी जलविद्युत, सान्जेन जलविद्युत कम्पनी, नेस्डो समृद्ध लघुवित्त र सीवाईसी नेपाल लघुवित्तका लगानीकर्ताले उल्लेख्य कमाएका छन् ।
प्रतिक्रिया