अखिल क्रान्तिकारीद्धारा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक विद्यालयलाई सम्मान

अखिल क्रान्तिकारीद्धारा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक विद्यालयलाई सम्मान


काठमाडौं -माध्यमिक शिक्षा परिक्षा एसइई परिक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल सामुदायिक विद्यालयहरुलाई सम्मान गरीएको छ । विप्लव निकट पाटीको विद्यार्थी संगठन अखिल क्रान्तिकारी काठमाडौंले काठमाडौ लगायतका अन्य जिल्लाका बिद्यालयहरुलाई सम्मान गरेको हो ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य मकर गुरुले सरकारले सामूदायीक विद्यालय भन्दा पनि निजि विद्लयहरुको शिक्षामा जोड दिएको भन्दै आपत्ति जनाए ।

सामूदायिक विद्लयहरुले पनि उत्कृष्ठ नजिता ल्याउने भन्दै सामूदायिक विद्लयको शिक्षालाइ जोड दिन सरकाको ध्यानार्षण गराए । कार्यक्रममा अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष घनश्याम भुसालले बैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागि सधै लागि पर्ने कुरामा जोेड दिए ।

कार्यक्रममा केन्द्रीय सदस्य , जिल्ला का पदाधिकारीतथा सामुदायिक बिद्यालयका प्रधानाध्यपक र पर्तिनिधिहरु सहभागिता रहेका थिए ।