केपी ओलीले खुलाए माओवादी सरकारमा बसिरहनुको कारण

केपी ओलीले खुलाए माओवादी सरकारमा बसिरहनुको कारण


काठमाडौं– भावी प्रधानमन्त्रीका रुपमा हेरिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस नेतृत्वको सरकारलाई सहयोग गर्न माओवादी केन्द्र नबाहिरिएको स्पष्ट पारेका छन् ।

 

 

 

बुधबार राजधानीमा आयोजित वाम गठबन्धनको विजयत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई सघाउन माओवादीले सरकार नछाडेको बताए ।

 

 

 

‘माओवादी सरकारमा किन बसिरहेको छ ? यो प्रश्न अहिले सुन्नमा आएको छ । हामी स्पष्ट पार्न चाहन्छौं । सरकारले माओवादीले साथ छाडेर कुनै असहयोग गर्यो भन्न नपाउओस र निर्वाचनलाई तथा सत्ता हस्तान्तरणमा कांग्रेसलाई सहयोग गर्न विनाविभागीय भएपछि माओवादी अपमान सहेर बसिरहेको छ ।’

 

 

 

ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा दिएर नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्न आग्रह समेत गरे ।