विराटनगरमा बम बिस्फोट घटना, विप्लवका ९ जना कार्यकर्ता पक्राउ

विराटनगरमा बम बिस्फोट घटना, विप्लवका ९ जना कार्यकर्ता पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर– विराटनगर महानगरपालिकामा आइतबार भएको बम बिस्फोटन घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ।

बम बिस्फोट भएको एक घण्टापछि प्रहरीले विभिन्न स्थानबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ढ जना कार्यकर्तालाई पक्राउ गरेको हो।

मोरङका प्रहरी प्रमुख एसपी मनोजकुमार केसीका अनुसार पक्राउ परेकाहरूको राजनीतिक आवद्धता र विगतका पृष्ठभूमिका बारेमा प्रहरीले अनुसन्धान भइरहेको छ।

पक्राउ परेकाह्रु मोरङ प्रहरी कार्यालयमा रहेपनि उनीहरूको नाम र ठेगाना खुलाइएको छैन। विराटनगर महानगरपालिकाको कार्यालय परिसरभित्र आइतबार दिउँसो बम बिस्फोट भएको थियो।