सलमान–कटरिनाको जोडी पाँच वर्षपछि सँगै, यस्तो छ रेकर्ड ब्रेक गर्ने ट्रेलर

सलमान–कटरिनाको जोडी पाँच वर्षपछि सँगै, यस्तो छ रेकर्ड ब्रेक गर्ने ट्रेलर


काठमाडौं– बलिउड नायक नायिकाद्वय सलमान खान र कटरिना कैफको जोडी पाँच वर्षपछि पर्दा साटेको छ।

 

 

आगामी शुक्रबार प्रदर्शनमा आउन लागेको ‘टाइगर जिन्दा हे’ मा उनीहरूको जोडी देखिन लागेको हो।

 

अली अब्बास जफरको निर्देशनमा बनेको फिल्म ‘टाइगर जिन्दा हे’ सन् २०१२ मा रिलिज भएको फिल्म ‘एक था टाइगर’ को सिक्वेल हो।

 

 

‘टाइगर जिन्दा हे’ को चर्चाको मुख्य कारण सलमान–कटरिनाको जोडी नै बनेको छ। फिल्ममा सलमान र कटरिना लुक्स निकै आकर्षक र फ्रेश देखिएको छ।

 

 

 

‘टाइगर जिन्दा हे’ को ट्रेलरले मात्रै अहिलेसम्म सात वटा रेकर्ड बनाएको छ। यस फिल्मको ट्रेलरले बाहुबली २ को ट्रेलरको रेकर्ड समेत तोडेको छ। त्यस्तै, ‘टाइगर जिन्दा हे’ सोसियल मिडियामा सबैभन्दा बढी कमेन्ट, लाइक र सेयर पाएको छ।

 

 

चलचित्रको ट्रेलर नै पाँच करोड ६४ लाखभन्दा बढी पटक हेरिएको छ।