आज प्रतिनिधिसभा बैठक, नागरिकता विधेयक फिर्ता लिइँदै

आज प्रतिनिधिसभा बैठक, नागरिकता विधेयक फिर्ता लिइँदै


काठमाण्डु – प्रतिनिधिसभाको बैठक आज शुक्रबार बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकबाट नागरिकता विधेयक फिर्ता लिने तयारी सरकारको छ ।

गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ फिर्ता लिने सम्भावित कार्यसूची छ । मन्त्रिपरिषद्को बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको थियो ।

सरकारले २०७५ सालमै ल्याएको नागरिकता विधेयकमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले छलफल सकेर बहुमतले प्रतिवेदन पारित गरी प्रतिनिधिसभा बैठकमा पेश गरिसकेको छ। तर उक्त विधेयकमा नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई तत्कालै नागरिकता दिने वा ७ वर्षपछि दिने भन्ने विषयमा विवाद छ। विवाद मिल्न नसकेपछि सरकारले विधयक नै फिर्ता लिएको हो ।