अख्तियारले सुरु गर्यो सिक्टा सिँचाई आयोजनाको गुणस्तर छानबिन

अख्तियारले सुरु गर्यो सिक्टा सिँचाई आयोजनाको गुणस्तर छानबिन


नेपालगञ्ज  – बाँकेमा निर्माणाधीन बहुचर्चित सिक्टा सिंचाई आयोजनाको मुल नहरको गुणस्तरमा प्रश्न उठ्न थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरु गरेको छ । आयोजनाको मुल नहरको गुणस्तरमा प्रश्न उठ्न थालेपछि अख्तियार दुरुपयोग आयोगले स्थलगत अध्ययन गरेको छ ।
अख्तियारको काठमाडौंबाट आएका टोलीले नहर भत्किएको स्थानमै पुगेर निरीक्षण गरेको हो । त्यस्तै अख्तियारका अधिकारीहरुले नेपालगञ्जस्थित आयोजना प्रमुख लगायतसंग आर्थिक तथा प्राविधिक पक्षका बारेमा जानकारी मागेको छ ।

सिक्टा सिंचाई आयोजनाको मुल नहर परिक्षणकै क्रममा पटकपटक भत्किएको भन्दै त्यसको गुणस्तर जाँचका लागि नागरिक समाजबाट ब्यापक आवाज उठ्न थालेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयका प्रवक्ता रामेश्वर डंगालले सिक्टा आयोजनाको भत्किएने नहर बारे अध्ययनका लागि एक टोली नेपालगञ्ज आएको बताएका छन्।

हाल अध्ययन र अनुसन्धानकै क्रममा रहेकाले त्यस बारे विस्तृत जानकारी दिन नमिल्ने बताए । सिक्टाको मुल नहर पहिलो पटक ०७३ असार १४ गते परीक्षण गर्दा अगैया ब्यारेजदेखि पश्चिम तर्फको २६ किलो मिटर दूरी झिझरी नजिकै मुल नहर भत्किएको थियो ।

यो वर्षामा पनि नहर फेरि भत्किएपछि गुणस्तर जाँचका लागि बढी आवाज उठेको हो । आफ्नै लगानीमा मुलुककै बहुचर्चित आयोजना निर्माण भएका कारणले पनि बाँकेबासीले बढी चासो देखाएका छन् ।

२५ अर्ब बढीको लगानीमा निर्माण भइरहेको राष्ट्रिय गौरबको सिक्टा सिंचाई आयोजनाको मुल नहर र स्लोभ पटकपटक भत्किने गरेको छ । हाल उक्त आयोजनाका लागि १४ अर्ब खर्च भइसकेको आयोजनाले जनाएको छ ।

सिँक्टा नहरको छानविन गर्न उच्चस्तरीय कमिटि गठन

सिक्टा सिँचाइको गुणस्तर छानबिन गर्न राप्तीसोनारी गाउँपालिकाको माग