गोइत समूहले लियो विराटनगर बम विस्फोटको जिम्मा

गोइत समूहले लियो विराटनगर बम विस्फोटको जिम्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – विराटनगर महानगरपालिकाको कार्यालयमा आइतबार दिउँसो भएको बम विस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीले लिएको छ । मोर्चाका अध्यक्ष जयकृष्ण गोइतले विज्ञप्ति जारी गर्दै सो विस्फोट आफूहरुले गराएको दाबी गरेका हुन् ।

उनले आफनो संगठन सप्तरी र सिरहा जिल्लामा मात्र सीमित नरहेको जानकारी दिन तथा बन्दुकको बलमा गरिएको तीन तहको निर्वाचनले निरंकुश शासनको निरन्तरता भएकाले त्यसको विरोधमा विस्फोट गराएको विज्ञप्तिमा उल्लेख गरेका छन् । गोइतले आफूहरु हतियार र विस्फोटवाट नै तराईलाई मुक्त गर्ने अभियानमा रहेको चेतावनी समेत दिएका छन् ।