सैनिक गूप्तचरका उपप्रमुख थापा उपरथीमा बढुवा सिफारिस

सैनिक गूप्तचरका उपप्रमुख थापा उपरथीमा बढुवा सिफारिस


काठमाण्डु– नेपाली सेनाका एक जना सहायकरथी उपरथीमा बढुवा भएका छन् । सैनिक गूप्तचर महानिर्देशनालयका उपप्रमुख सहायकरथी सागरबहादुर थापा उपरथीमा बढुवा सिफारिस भएका हुन् ।

उनि २६ बेसिकका सैनिक अधिकारी हुन् । सेनाका बलाध्यक्षरथी सरोज राणाको अध्यक्षतामा बसेको बोर्ड बैठकले थापाको नाम उपरथीमा बढुवाका लागि सिफारिस गरेको हो ।

थापाले चीनबाट नेशनल डिफेन्स कोर्स (एनडिसी) गरेका हुन् । सेनाले उनको बढुवाको लागि सात दिने सूचना समेत प्रकाशित गरिसकेको छ । सेनाका उपरथी सुरेश कार्कीले अवकास पाएपछी उनको दरबन्दी रिक्त थियो ।