डाक्टरको लावरबाहीले बिरामीको ज्यान गएको भन्दै अस्पतालमा तोडफोड

डाक्टरको लावरबाहीले बिरामीको ज्यान गएको भन्दै अस्पतालमा तोडफोड


रुकुम – उपचारको क्रममा बिरामीको मृत्यु भएपछि रुकुम पश्चिमको राप्ती समाज अस्पतालमा तोडफोड भएको छ । मुसीकोट नगरपालिका–१, सल्लेमा रहेको अस्पतालमा मृतकका आफन्तले ढुङ्गा प्रहार गरेका हुन् ।

त्रिवेणि गाउँपालिका–९, का वडा सदस्य समेत रहेका २७ वर्षीय कमल रावलको सोमबार बिहान राप्ती समाज अस्पतालमा मृत्यु भएको थियो ।
डाक्टरको लापरबाहीको कारण बिरामीको मृत्यु भएको भन्दै आक्रोसित आफन्तले ढुङ्गा प्रहार गर्दा अस्पतालका झ्यालका सिसा फुटेका छन् । २६ गते शनिबार टाउको दुस्ख्ने, जिउ दुस्ख्ने समस्याका कारण रावल अस्पताल भर्ना भएका थिए ।

सामान्य अवस्थामा रहेका रावलमाथि गलत सुईको प्रयोग भएको आफन्तले आरोप लगाएका छन् । सुई लगाएको केही छिनमै रावलको मृत्यु भएको दाबी आफन्तले गरेका छन् ।

अहिले मृतकका आफन्त अस्पताल वरिपरि बसेका छन् । अस्पताल परिसरमा प्रहरी परिचालन गरिएको छ । अस्पतालले मृत्युको कारणबारे बताउनुपर्ने माग गरेका छन् ।