काठमाण्डु- सेयर बजार नेप्से परिसूचक मंगलबार बढेको छ । आज नेप्से ११.६८ अंकले उकालो लागेर १९२७.२८ को बिन्दुमा कायम भएको हो ।
शेयर बजार बढेपनि शेयर कारोबार भने ओरालो लागेको छ । नेप्सेमा सूचीकृत २२६ कम्पनीको ४९ लाख ६७ हजार ५६१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७० करोड भन्दा माथिको कारोबार भएको छ ।
आज एक अर्बमाथिको कारोबार हुँदा सर्वाधिक अरुण काबेली पावरको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज एकैदिन ७ करोड ९५ लाख माथिको कारोबार भएको हो ।
प्रतिक्रिया