प्रहरी स्कर्टिङकै ट्रकमा पेट्रोल बम प्रहार

प्रहरी स्कर्टिङकै ट्रकमा पेट्रोल बम प्रहार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलवस्तु — प्रहरी स्कर्टिङमा रहेकै बेला पूर्व–पश्चिम राजमार्गस्थित शिवराज नगरपालिका–१ बनकसबासा जंगलमा मंगलबार बिहान अज्ञात समुहले ना५ख ४९२२ नम्बरको ट्रकमा पेट्रोल बम प्रहार गरेको छ ।

कपिलवस्तुको सीमा धानखोलाबाट प्रहरीले स्कर्टिङ गरि चन्द्रौटातिर सवारी साधन ल्याइरहेको बेला बिहान ९ बजे पेट्रोल बम प्रहार गरिएको थियो।
ट्रकको चालक पट्टीको माथिल्लो ढालामा सामान्य क्षति भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ। विस्फोट गराउनेको खोजी भइरहेको वडा प्रहरी कार्यालय निरीक्षक महेश्वर उपाध्यायले बताए।।