काठमाण्डु – नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएलले गभर्नर महाप्रसाद अधिकारी विरुद्ध उजुरी दर्ता गराएको छ । वाईसीएलले बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पुगेर गभर्नर अधिकारीविरुद्ध उजुरी दिएका हुन् ।
उजुरीमा गभर्नर अधिकारीले आफ्नो शैक्षिक योग्यता ढाँटी राष्ट्रसेवक भई कसुर गरेको गरेको आरोप लगाइएको छ । नेपाल राष्ट्र बैंकको ऐन २०५८ को दफा २१ को (क) अनुसार राजनीतिक दलको सदस्य वा पदाधिकारी भएको कुनै पनि व्यक्ति गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक पदमा नियुक्त हुन योग्य नहुने व्यवस्था छ ।
तर, सो व्यवस्था प्रतिकूल हुने गरी गभर्नर पदमा बहाल रहेकाले नेपाल राष्ट्र बैंकको स्वायत्तता, गभर्नरको जवाफदेहिता र देशको मौद्रिक नीतिको संवेदनशीलतामाथि गम्भीर प्रश्न उठेको तथा राज्यलाई गम्भीर हानी नोक्सानी पुग्ने खतरा देखिएकाले आवश्यक छानबिन गरी भ्रष्टाचार कसुरमा कारबाही गर्न उजुरीमा माग गरिएको छ ।
प्रतिक्रिया