काठमाण्डु – एनसेल आजियाटा लिमिटेडले काठमाण्डुको महाराजगञ्जमा सम्पूर्णरुपमा महिला कर्मचारीहरुद्वारा संचालित एनसेल सेन्टर संचालनमा ल्याएको छ । महिला कर्मचारीमात्रै भएकाे यस सेन्टरको सुरुवातले समानताको हिसाबले समाजमा महत्वपूर्ण भूमिका लेख्ने एनसेलले जनाएकाे छ ।
एनसेलको यो अवधारणा कम्पनीले महिला सशक्तिकरण, लैंगिक समानता र समुदाय विकासको लागि गरेको योगदानको एक प्रमाण हो । यसका साथै यो अवधारणा एनसेलको विविधता, समानता र समावेशिता (डीइआई) मिसन अनुरूप रहेको छ जसले कार्यस्थलमा विविधता, समानता र समावेशिताको दृढतापूर्वक प्रोत्साहन गर्दछ ।
यस एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङ्गको जानकारी लगायत विभिन्न कर्पोरेट सेवाहरूसमेत लिन सक्छन् । यो एनसेल सेन्टर सञ्चालनमा ल्याइएको अवसरमा यस सेन्टरमा आउने ग्राहकका लागि एक हप्ताको विषेश अफर पनि रहेको छ जस अन्तर्गत यस सेन्टरबाट आफ्नो ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले बोनस प्राप्त गर्नेछन् ।
यस सेन्टरबाट गरिने प्रत्येक ५० को रिचार्ज बराबर ग्राहकले २० को रिचार्ज कार्ड बोनस स्वरुप प्राप्त गर्दछन् । यसको अर्थ १०० रिचार्ज गर्ने ग्राहकले रु २० को दुई वटा रिचार्ज कार्ड बोनस स्वरुप प्राप्त गर्दछन् ।
त्यस्तै २०० रिचार्ज गर्ने ग्राहकले २० को चार वटा रिचार्ज कार्ड बोनस स्वरुप प्राप्त पाउँछन् भने ५०० रिचार्ज गर्ने ग्राहकले २० को १० वटा रिचार्ज कार्ड बोनस स्वरुप प्राप्त गर्दछन् ।
प्रतिक्रिया