काठमाण्डु – प्रहरीले बिटक्वाइनको कारोबार गरेको र अवैध रकम विदेश पठाएको आरोपमा प्रक्राउ गरेका अमित श्रेष्ठलाई अदालतले ७ दिन थुनामा राख्न अनुमति दिएको छ । अपराध महाशाखाले भ्रष्टाचारको रकम विदेश पठाएको र बिटक्वाइनको कारोबार गरेको आरोपमा बुधवार श्रेष्ठलाई प्रक्राउ गरेको थियो ।
विशाल सिमेन्टका पूर्व संचालक समेत रहेका श्रेष्ठलाई बिहिवार काठमाण्डु जिल्ला अदालतले अनुसन्धानका लागि ७ दिन म्याद थप गरेको हो । उनि पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासंग निकट थिए । अधिकांश व्यापारीले उनैमार्फत राणालाई घुस दिने गरेको स्रोतको दावी छ । श्रेष्ठको चोलेन्द्रका भाई प्रभु राणासंग समेत निकट सम्बन्ध थियो ।
क्यानडाको पीआर रहेका श्रेष्ठमाथि समानान्तर जेभीसंग सर्वोच्चको भवन निर्माणका क्रममा सेटिङमार्फत रकम प्राप्त गरेको र उक्त रकम विदेशमा ब्यवस्थापन गरेको आरोप छ । श्रेष्ठ यसअघि पनि झापा घर भएकी एउटा महिलाले दिएको उजुरीको आधारमा प्रक्राउ परेका थिए ।
उनि ३३ किलो सुन तस्करी प्रकरणमा समेत जोडिएका व्यक्ति हुन् । नुवाकोट घर भएका श्रेष्ठले मिटर ब्याजको कारोबार समेत गर्ने गरेको प्रहरी स्रोत बताउंछ ।
प्रतिक्रिया