आईजिपी नियुक्ति विवादमा अन्तिम सुनुवाई आज, कसको पक्षमा आउला फैसला ?

आईजिपी नियुक्ति विवादमा अन्तिम सुनुवाई आज, कसको पक्षमा आउला फैसला ?


काठमाण्डु – नेपाल प्रहरीको आईजिपी विवाद मुद्दामा आज अन्तिम सुनुवाई हुँदैछ । आफुभन्दा जुनियर धीरजप्रताप सिंहलाई आइजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी विश्व पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।

सो रिटमाथि निवेदकका तर्फबाट आज अन्तिम जवाफी बहस हुन लागेको हो । निवेदकतर्फका कानुन व्यवसायीले जवाफ दिएपछि आजै नै फैसला आउन सक्ने छ ।

केही हप्तादेखि आईजीपी विवादको रिटमाथि सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दाको अन्तिम सुनुवाइ निरन्तर जारी छ । कामु प्रधानन्यायाधीश नेतृत्वको इजलासमा यो मुद्दा पाँचौँ पटक सुनुवाइ हुन लागेको हो ।

एआइजी पोखरेल साउन २० गतेबाट अनिवार्य अवकासमा जाँदैछन् । आफु अवकाशमा जाने भएपछि उनले त्यसअघि नै रिटको टुंगो लगाइदिन एआईजी आग्रह गरेका थिए । तर अढाई महिनाअघिको रिटमा अझै टुंगो नलाग्दा उनी निराश छन्।