काठमाडौं– अदालतले सशस्त्र प्रहरीका असई थमन विकको हत्याका थप २ जना आरोपितलाई साधारण तारेखमा रिहा गरेको छ।
महोत्तरी जिल्ला अदालतले आरोपित जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र र राष्ट्रिय जनता पार्टी नेपालका महासचिव सुरेश पाण्डेयलाई साधारण तारेखमा रिहा गरेको हो।
मंगलबार आत्मसमर्पण गरेका दुवै जनासंग अदालतले बयान लिएको थियो । त्यसपछि अदालतको मुुख्य न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले घटनामा प्रत्यक्ष संलग्न भएको पुष्टि हुने आधार नदेखेपछि साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो।
यसअघि विक हत्याका अर्का आरोपीत प्रदेश २ का समाजिक विकास राज्य मन्त्री अभिराम शर्मा पनि हिजो साधारण तारेखमा छुटेका थिए । असई विकको मधेश आन्दोलनका क्रममा २०७२ साल भदौ २५ गते हत्या भएको थियो ।
प्रतिक्रिया