कुलमानले भने – हल्लाको पछाडी नलागौ, हिंउदमा पनि लोडसेडिङ हुदैन

कुलमानले भने – हल्लाको पछाडी नलागौ, हिंउदमा पनि लोडसेडिङ हुदैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– खोलामा पानीको सतह घटी उत्पादनमा गिरावट भएर यसपालिको हिउंदमा लोडसेडिङ हुने आशंका उठिरहेका बेला विद्युत प्राधिकरणले गार्हस्थ विद्युत आपूर्तिमा कटौती नगरिएको जानकारी दिएको छ ।

 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिज्ञप्ति जारी गरी विगत केही दिनदेखि विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अघोषित रुपमा लोडसेडिङ भइरहेको र लोडसेडिङ हुने भन्ने समाचार सम्प्रेषण भइरहेकामा ध्यानाकर्षण भएको जनाएका छन् ।

 

 

बिज्ञप्तिमा भनिएको छ, अहिले औद्योगिक ग्राहकलाई दैनिक तीन घण्टाबाहेक अन्य ग्राहकलाई घोषित, अघोषित कुनै लोडसेडिङ नगरिएको प्रष्ट पार्न चाहन्छौं ।

 

 

प्राविधिक समस्याका कारण कहीं कतै केही बेर विद्युत आपूर्तिमा अवरोध आएको अवस्थामा समेत यस्ता समस्या देखिनासाथ तत्काल प्राविधिक टोली खटाएर समाधान गरी विद्युत आपूर्ति सुचारु गरिरहेको प्राधिकरणले जनाएको छ । आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।