काठमाण्डु – नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेको छ ।
शुक्रबार गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गरेकाे मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकलाई बुझाउनुपर्ने ब्याज दर बढाइएको छ ।
सार्वजनिक मौद्रिक नीतिले गरेको व्यवस्थाअनुसार राष्ट्र बैंकले ७ प्रतिशत रहेको ब्याज दरलाई बढाएर ८.५ प्रतिशत पुर्याएको छ ।
प्रतिक्रिया