एमाले स्थायी समितिको बैठकःसरकार गठन र पार्टी एकताको विषयमा छलफल हुने

एमाले स्थायी समितिको बैठकःसरकार गठन र पार्टी एकताको विषयमा छलफल हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– हालसालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सबैभन्दा ठुलो दल बनेको नेकपा एमालेको स्थायी समितिको बैठक बस्दैछ । बैठकमा माओवादी केन्द्रसंग पार्टी एकीकरणका साथै आगामी सरकार गठनका विषयमा छलफल हुनेछ ।

 

 

ललितपुरको भैसेपाटीस्थित एमाले उपाध्यक्ष बामदेव गौतमको निवासमा शुक्रवार दिउसो बस्ने बैठकमा माओवादी केन्द्रसंग गर्ने भनिएको पार्टी एकताका विषयमा समेत छलफल हुनुका साथै चुनावको समिक्षा हुने एमालेले जनाएको छ ।

 

 

एमाले सचिव योगेश भट्टराईले बैठकमा सरकार गठन र अध्यादेशसम्बन्धी देखिएको बिवादका विषयमा गम्भिर छलफल हुने जानकारी दिए ।

 

 

एमाले र माओवादी केन्द्रको एकताको विषयमा आशंका चलिरहेको बेला बस्न लागेको एमाले स्थायी समितिको बैठकले पार्टी एकताको विषयमा समेत ठोस निर्णय लिने सम्भावना छ । यसअघि माओवादी केन्द्रको केन्द्रिय कार्यालय बैठकले पार्टी एकता र सरकार गठन संग संगै अघि बढाउने निर्णय गरेको थियो ।

 

 

माओवादी नेताहरुले सरकारको नेतृत्व एमालेले लिने अवस्थामा संयुक्त पार्टीको नेतृत्व भने आफुहरुले पाउनुपर्ने बताउदै आएका छन् । यसअघि भएको भद्र सहमती कार्यान्वयन गर्नुपर्ने उनिहरुको भनाई छ ।