काठमाण्डु – प्रतिनिधिसभाबाट नागरिकतासम्बन्धी विधेयक-२०७९ बहुमतले पारित भएको छ । शुक्रबार दिनभर नेपाल नागरिकता ऐन २०६३ लाई संसोधन गर्न बनेको विधेयकमाथि भएको बफादार छलफलपछि प्रतिनिधिसभाबाट नागरिकता सम्बन्धी विधेयक-२०७९ बहुमतले पारित भएको हो ।
नागरिकता विधेयकको पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी थिए । नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी भने नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई तत्काल नागरिकता दिन नहुने भन्दै विधेयकको विपक्षमा थिए ।
प्रतिनिधिसभाबाट पारित भएपछि यो विधेयक अब राष्ट्रियसभामा जानेछ । त्यहाँबाट पनि पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ऐन बनेर लागू हुनेछ ।
प्रतिक्रिया