काठमाण्डु- सरकारले सन् २०२३-२०३३ लाई नेपाल भ्रमण दशक मनाउने घोषणा गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले आइतबार पर्यटन पुनरुत्थान कार्ययोजना-२०७९ सार्वजनिक गरेको हो । मन्त्रालयले आगामी तीन महिनाभित्र नेपाल भ्रमण देशकको घोषणा गरिसक्ने जनाएको छ।
यसअघि सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष, २०२०’ घोषणा गरेपनि बीचमै सिर्जित कोभिड-१९ का कारण प्रभावित हुन पुगेको थियो । यस्तै,मन्त्रालयले प्रयोगमा नआएका विमानस्थललाई वैकल्पिक रुपमा प्रयोगमा ल्याउने जनाएको छ।
मन्त्रालयले गैरआवासीयी नेपाली संघको नेतृत्वमा ‘एक नेपाली एक विदेशी साथी नेपाल पठाउ’ अभियान समेत संचालन गर्ने भएको छ ।
काठमाण्डु उपत्यकाभित्र रात्रिकालीन पर्यटनको प्रारम्भ र प्रवद्र्धन गर्न अवधारणाहरु काठमाण्डु, पाटन, भक्तपुर र कीर्तिपुरमा रात्रिकालीन सम्पदा यात्रा अभियान संचालन गर्ने मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया