काठमाण्डु- भक्तपुरमा रुख ढलेर बस र स्कुटरलाई किच्दा १६ जना घाइते भएका छन् ।
काठमाण्डुबाट भक्तपुरको दुधपाटीतर्फ जाँदै गरेको बा. २ ख ३५८४ नम्बरको मिनिबस र बा.६१ प ३९७८ नम्बरको स्कुटरलाई रुखले किच्दा १६ जना घाइते भएका हुन् ।
घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेहरुको इवामुरा अस्पताल, भक्तपुर अन्तर्राष्ट्रिय अस्पताल र मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया