एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस्

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस्


काठमाण्डु- माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक भएको छ । बुधबार राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको हो ।

२ हजार ७ परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका २ लाख ५७ हजार ९२४ छात्रा र २ लाख ५७ हजार ५३ छात्र गरी ५ लाख १४ हजार ९७७ परीक्षार्थीले परीक्षा दिएका थिए।

बोर्डले यस पटक एसईईमा ‘ई’ ग्रेड ल्याउने विद्यार्थीलाई पनि प्रमाणपत्र दिने व्यवस्था गरेको छ । बोर्डले एसईईमा लेटर ग्रेडिङ निर्देशिका, २०७८ लागू नगर्ने निर्णय गरेको हो । अब एसईईमा ‘ई’ ग्रेड ल्याउने विद्यार्थीले पनि कक्षा ११ मा पढ्न पाउने छन् ।

यसरी हेर्न सकिन्छ एसईईको नतिजा

एसएमएस सेवा प्रदायक स्प्यारो एसएमएसले एसईईको नतिजा उपलब्ध गराउने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयसँग साझेदारी गर्दै स्प्यारोले हरेक वर्षझैं एसईई २०७८-७९ को नतिजा पनि एसएमएसबाटै हेर्ने सुविधा दिन लागेको जनाइएको छ ।

नतिजा थाहा पाउन मोबाइलको मेसेज बक्समा गई आफ्नो सिम्बोल नम्बर टाइप गरेर एउटा स्पेस दिई ३५००१ मा एसएमएस पठाउनुपर्ने हुन्छ ।