शिवम् सिमेन्टद्वारा निर्माणकर्मी सुरक्षा बीमा बापतको रकम मृतकका परिवारलाई हस्तान्तरण

शिवम् सिमेन्टद्वारा निर्माणकर्मी सुरक्षा बीमा बापतको रकम मृतकका परिवारलाई हस्तान्तरण


काठमाण्डु – शिवम् सिमेन्टले गरेको निर्माण कर्मीहरुको दुर्घटना बीमा अन्र्तगतको थप २ जनालाई १० लाख बराबरको मृत्यु बीमा रकम हस्तान्तरण गरेको छ ।

निर्माण कार्य गर्दा गर्दै दुर्घटनामा परि मृत्यु भएका निर्माण कर्मीहरुका परिवारलाई उक्त रकम बीमा कम्पनीसंग समन्वय तथा आवश्यक प्रक्रिया पुरा गरी उनीहरुको बीमा माग दाबी अनुसार रकम हस्तान्तरण गरिएको हो ।

यस अघि पनि देशका विभिन्न स्थानमा रहेका निर्माणकर्मीहरुबाट माग दाबी भए अनुसार शिवम् सिमेन्टस् लिमिटेडले ५ लाख बराबरको मृत्यु बीमा सहित दुर्घटना जोखिम बीमा बापतको रकम हस्तान्तरण गरेको थियो ।

यस अघि दैनिक निर्माण कार्यमा खटिने निर्माण कर्मीहरुको जोखिमलाई मध्यनजर गर्दै शिवम् सिमेन्ट लिमिटेडल देशका विभिन्न ५२ स्थानहरुमारहेका३ हजारभन्दा बढिनिर्माण कर्मीहरुको रु. ५ लाख बराबरको जोखिमबीमा सहितनिर्माण सम्बन्धीप्राविधिकअन्र्तक्रियाकार्यक्र संचालन गरेको थियो ।

सोहीकार्यक्रममा सहभागी निर्माणकर्मी मध्येबाट पर्न आएको दुर्घटना बीमा माग दाबी वापतको रकम बीमा कम्पनीसंग समन्वय गरी निर्माण कर्मीहरुको घर–घरमा नै गएर शिवमसिमेन्टका कम्पनी प्रतिनिधीहरुले हस्तान्तरण गरेकाहो ।

दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मीहरुले हरेक दिन जोखिमपुर्ण कार्यहरु गर्दै आईरहेका हुन्छन उक्तजोखिमलाई मध्यनजर राख्दै शिवम् सिमेन्टले निर्माणकर्मीहरुको लागिनिःशुल्क दुर्घटना बीमा योजनाल्याएको हो ।

देशका विभिन्न स्थानमा सम्पन्न प्राविधिकअन्तक्रिया कार्यक्रममा शिवम् सिमेन्टले सहभागीहरेक निर्माणकर्मीहरुको लागि ५ लाख बराबरको जोखिम बहन गर्ने गरी बीमा गरेको थियो ।

शिवम् सिमेन्टले विभिन्न चरणमा आफ्नो विक्रि क्षेत्र अन्तर्गत संखुवासभा, सुनसरी, मोरङ, ओखलढुङ्गा सिराहा, सप्तरी, महोत्तरी, धनुषा, चितवन, मकवानपुर, वारा, पर्सा, रौतहट, गोरखा, तनहु, बाग्लुङ, बेनी, स्याङ्जा, धादिङ, नुवाकोट, काठमाडौं, ललितपुर तथाभक्तपुर लगाएतकाजिल्लाहरुकानिर्माणकर्मी हरुको ५ लाख बरबबरको जोखिमबीमा गराएको छ ।