काठमाण्डु- मन्त्रिपरिषद्को बैठक आज दिउंसो बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउसो ३ बजे बैठक बोलाएका छन् ।
आजको बैठकमा सबै मन्त्रालयका सचिवहरुलाई समेत बोलाइएको छ । बैठकमा प्रधानमन्त्री देउवाले मन्त्री र सचिवहरुलाई काम कारबाहीका विषयमा निर्देशन दिने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।
आजको मन्त्रिपरिषदको बैठकले आगामी मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मिति घोषणा गर्ने सम्भावना छ ।
प्रतिक्रिया