किन पक्राउ परे लालु यादव ?

किन पक्राउ परे लालु यादव ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – विहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादव पक्राउ परेका छन् । यादवलाई विशेष अदालतले चारा घोटालामा दोषी ठहर गरेको छ ।

 

 

 

यादवलाई विहारका पुर्व उपमुख्यमन्त्री तेजस्वी यादवसंगै अदालत पुगेको बेला शनिवार अदालत परिसरबाटै प्रहरीले हिरासतमा लिएको छ । यादवलाई सीबीआईको विशेष अदालतले दोषी ठहर गरेको हो ।

 

 

यादवमाथी देवघर राज्यकोषबाठ ८५ लाख भारु हिनामिना गरेको आरोप लगाइएको छ । उनीमाथी १९९१ देखी १९९४ सम्म राज्यकोषको दुरुपयोग गरेर भ्रष्ट्राचार गरेको आरोप छ ।

 

 

विहारका पुर्व मुख्यमन्त्री यादव पक्राउ परेपछि उनको पार्टी जनता दलका वरिष्ट नेता रघुवंश प्रसाद सिंहले जगन्नाथ को बेल, लालुको जेल भन्दै भाजपा नेतृत्वको सरकारले षडयन्त्रपुर्वक यादवलाई जेल पठाएको भन्दै व्यंग्य गरेका छन् । उनले लालुको पक्षमा जनता दल अन्तिम समयसम्म लड्ने घोषणा समेत गरेका छन् ।

 

विजेपीका नेता एवंम् विहारका पुर्व उपमुख्यमन्त्री सुसिल कुमार मोदीले जे रोप्यो त्यही पायो भन्दै लालु जेल गएकोमा खुसी व्यक्त गरेका छन् ।