काठमाण्डु- संविधानविद् भिमार्जुन आचार्यले चुनावको घोषणापश्चात पनि संसद र सांसदलाई क्रियाशील राख्नु असंवैधानिक काम भएको बताएका छन् । सरकारले मंसिर ४ मा प्रतिनिधिसभाको निर्वाचन घोषणा गर्ने निर्णय गरेपनि प्रतिनिधिसभाको कार्यकाल फागुनसम्मै रहने सत्तारुढ दलका केही नेताहरुको दावी थियो ।
तर संविधानविद् आचार्यले भने चुनाव घोषणापश्चात सांसदलाई क्रियाशील राख्नु भनेको अराजनीतिक र लज्जाको काम भएको बताए ।
उनले भने ‘चुनावको घोषणा पश्चात् पनि संसद् र सांसद्लाई क्रियाशील राख्नु असंवैधानिक, अराजनीतिक र लज्जाको काम हो। संविधानको पालना बन्धनकारी छैन भन्ने हो भने त अविश्वासको मत वा अरू कुनै बाहनाबाट यो सरकारलाई फालेर चुनाव अघि अर्को सरकार बनाए भैगो नि !’
प्रतिक्रिया